कोरोना भाइरसः प्रदेश २ मा थप एकको मृत्यु, ११७ संक्रमित थपिए

जनकपुरधाम । प्रदेश २ मा शनिबार थप एक जनाको मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार वीरगन्ज महानगरपालिका–३ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

एक सय १७ जना संक्रमित थपिएका छन्। योसँगै यस प्रदेशमा ५ हजार ६ सय ३१ पुगेको छ । यसैगरी २८ जना निको भएर घर फर्किएका छन् भने योसँगै ३ हजार ३ सय ३४ जना निको भएर घर फर्केको वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार धनुषाका १६, महोत्तरीका १४, पर्साका ४७, बाराका ७ र सर्लाहीका ३३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म यस प्रदेशमा मृतकको संख्या २६ पुगेको छ । तीमध्ये पर्सामा सबैभन्दा बढी १७ जना छन् भने बारा, सप्तरी र रौतहटमा २–२ जना तथा धनुषा, महोत्तरी र सिरहामा १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस