सप्तरीमा एकै दिन २२ प्रहरीसहित २७ जना कोरोना भाइरस संक्रमित थपिए

राजविराज, ३१ साउन । सप्तरीमा एकै दिन २२ प्रहरीसहित थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार २ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय राजविराजका १ महिला प्रहरीसहित २२ जना प्रहरीमा संक्रमण देखिएको हो ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराज तथा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाबाट आएको रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनका अनुसार २० वर्षीय २ जना, २१ वर्षीय ५ जना, २३ वर्षीय ८ जना, २४ वर्षीय २ जना, २६ वर्षीय २ जना, २८ वर्षीय १ जना र ३७ वर्षीय १ जना पुरुष तथा २४ वर्षीया एक महिला प्रहरीमा संक्रमण देखिएको हो ।

यसैगरी, डाकनेश्वरी नगरपालिका वडा नम्वर ९ का ५० वर्षीय पुरुष, राजविराज नगरपालिका वडा नम्वर ६ का ७० वर्षिया महिला, कञ्चनरुप नगरपालिका २ का २० वर्षीया महिला, वडा नं. ३ का २३ वर्षीय पुरुष र वडा नं. ११ का ३५ ववर्षीय पुरुषमा संक्रमण देखिएको जनाएको छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ६ सय ५८ पुगेको छ भने मृतकको संख्या ३ रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस