सप्तरीमा पनि विभिन्न कार्यक्रम गरी भारतको ७४ औं स्वतन्त्रता दिवश मनाइयो

राजविराज। सप्तरीमा पनि भारतको ७४ औं स्वतन्त्रता दिवश विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवशको अवसरमा शनिवार वृक्षारोपणसहितका कार्यक्रम गरी मनाइएको हो ।

नेपाल–भारतमैत्री युवा संघ सप्तरी तथा युवा सशक्तिकरण संघ नेपालको संयुक्त आयोजनामा छिन्नमस्ता भगवती शक्तिपीठको परिसरमा वृक्षारोपण गरिएको छ । दिवशको अवसरमा मन्दिर परिसरमा विभिन्न प्रजातिका करिब १ हजार विरुवा रोपिएको संघका अध्यक्ष किशोर कुमार यादव ‘केशी’ ले जानकारी दिए ।

सो कार्यक्रममा मन्दिरका पीठाधिश महाकान्त ठाकुर, प्रदेश २ शिक्षा कार्यदलका सदस्य संतोष कुमार चमन, जनता समाजवादी पार्टी नेपालका युवा नेता नवनीत झा, रामसागर यादव, शंकर मंडल, सुरेन्द्र कुमार राय, दिनेश कुमार शर्मा, पण्डितद्वय नारायण ठाकुर र भूवन ठाकुर, कामेश्वर यादव, सञ्चारकर्मी कृष्ण कुमार मण्डल, जोगेन्दर साह, रामकुमार शर्मा, कृष्ण यादव लगायतको सहभागी थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस