प्रदेश २ मा कोरोनाबाट थप तीन जनाको मृत्यु

जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९)का कारण प्रदेश २ का शनिबार थप तीन जनाको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पर्साको वीरगन्ज महानगरपालिकाका दुई जना ५८ र ६१ वर्षीय पुरुष तथा सिरहाको मिर्चैया नगरपालिका–४ का ६८ वर्षीय एक जना पुरुषको मृत्यु भएको हो । योसँगै प्रदेश २ मा कोरोनाबाट मृतकको संख्या ५९ पुगेको छ ।

यसैगरी, प्रदेशमा शनिबार १८९ जना संक्रमित थपिएका छन् । पर्सामा ५७ जना, बारामा ३५ जना, सिरहामा ३४ जना, महोत्तरीमा २४ जना, धनुषामा २१ जना, सर्लाहीमा ११ जना, सप्तरीमा ५ र रौतहटमा २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालायले जनाएको छ ।

योसँगै प्रदेश २ मा संक्रमितको संख्या ८ हजार पाँच सय २० पुगेको छ । यसैगरी शनिबार १३२ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म चार हजार एक सय ८४ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस