२४ घण्टामा थपियो ३ हजार ७४९ संक्रमित

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

सोही अवधिमा ३ हजार ५६४ जना कोरोना मुक्त भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले बताएका छन् ।

आजसम्म देशभर संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । कुल ८४ हजार ५१८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन । होम आइसोलन २४ हजार १९४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रायोगशालाहरुमा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म सरकारले १२ लाख ३७ हजार ६३६ जनाको पिसिआर परीक्षण गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस