बुधवार मात्रै ५ हजार ७४३ कोरोना संक्रमित थपिए

जनकपुरधाम, ५ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

यसैगरी सोही अवधिमा २ हजार ९९६ जना कोरोनामुक्त भएका छन् । यससहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस