थप सुविधा सहितको अटो पार्टस र इलेकट्रोनिक्सको नयाँ सोरुम विषणपुरमा

विजया दशमीको अवसर पारी एम एण्ड एम अटोपार्टस सेन्टर एण्ड इलेक्ट्रोनिक्सले ग्राहकको सेवालाई ध्यानमा राख्‍दै मिति २०७७।०७।०७ (सप्तमी) बाट आफ्नै निजी भवनमा बजाजको र Haier को सोरुम सञ्चालनमा ल्याउदै छ ।

अटोपार्टस सेन्टरका संचालक अनवर अलीले दिएको जानकारी अनुसार पहिलाको ठाउँ साँघुरो र ग्राहकलाई सेवा दिन अप्ठेरो महसुस एवं ग्राहकको प्रतिकृयालाई आत्मसात गर्दै सकभर समयमा राम्रो सेवा दिने चाहनाले आफ्नै भवनमा मोटरसाइकल र इलेकट्रोनिक्सको सोरुम सञ्चालनमा ल्याउँदै छौ । सो सुभारम्भ कार्यक्रममा सम्पुर्ण ग्राहक महानुभावहरुलाई उपस्थितिका लागि अनुरोध गर्दछु ।

महेन्द्र राजमार्गलाई छुने खडक नगरपालिकाको वडा नं. ८ मा पर्ने विषणपुर बजारमा सुरुमा बजाजको मोटरसाइ र त्यसका पार्टस एवं मर्मत सम्भारको कामगर्दै आएकोमा हाल इलेक्ट्रोनिक्समा Haier को आधिकारीक सोरुमा र अन्य ब्रान्डका इलेक्ट्रोनिक्स प्रडक्टसहरु नयाँ स्किम सहित ल्याएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस