भारतमा ७६ लाख ५१ हजारमा कोरोना संक्रमण

जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यससँगै भारतमा कारोना संक्रमितको संख्या ७६ लाख ५१ हजार १०७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा भारतमा ७१७ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १५ हजार ९१४ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि भारत नै रहेको छ ।

विश्वमा ४ करोड ६ लाख संक्रमित

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६ लाख पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा ४ करोड ६ लाख ६५ हजार ४३८ जना संक्रमित भएका छन् । यसैगरी कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख २१ हजार ८४३ संक्रमितको मृत्यु भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस