विराटनगरमा ७ दिनकालागि रोकियो स्वाब संकलन

विराटनगर, ६ कार्तिक । विराटनगरमा आजबाट ७ दिनकालागि स्वाब संकलन कार्य रोकिएको छ । कोरोना भाइरस परीक्षणकालागि विराटनगर महानगरपालिकाले गर्दै आएको स्वाब संकलन कार्य रोकिएको हो ।

महानगरपालिकाले सूचना जारी गर्दै दशैंको विदा परेको भन्दै कार्तिक ६ गतेदेखि १२ गतेसम्मकालागि स्वाब संकलन कार्य स्थगित गरिएको जनाएको छ ।

जैन भवन र मोबाइल भ्यानबाट भइरहेको स्वाब संकलन कार्य स्थगित गरिएको सूचनामा उल्लेख छ ।

सूचना हेर्नुस्ः

Author:



क्याटोगरी छान्‍नुहोस