बोदे बरसाईनमा यी कारणले बढ्यो लागुऔषध ओहोर-दोहोर

बोदे बरसाईन, १७ कार्तिक । विहार राज्यसँग सिमाना जोडिएको जिल्ला हो सप्तरी । यस जिल्लामा ७८ किलोमिटरको खुला सिमाना भारतसँग जोडिएको छ । सप्तरीबाट भारत प्रवेश गर्न दर्जनौ नाकाहरु छन् । जसमध्ये बोदे बरसाईन नगरपालिकास्थित स्वर्णपट्टी नाका पनि हो ।

अन्य नाकाहरुसम्म पुग्न ठोस सडक सञ्जाल नहुँदा अप्ठयारो नै छ । तर, स्वर्णपट्टी नाकासम्म पुग्नकोलागि लोकमार्गसँगै जोडिएको विसनपुर–बोदे बरसाईन–स्वर्णपट्टी सडक केही समयअघि कालोपत्रे गरिएको छ । त्यो चिटिक्क सडक नै अहिले अधिकांशको भारत प्रवेश गर्ने रोजाइँमा पर्ने गर्छन् ।

केही समय यता सोही सडकमा प्रहरीले निगरानी बढाएसँगै धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन् । ‘सडकमा नियमित रुपमा चेकजाँच हुने गरेको छ’ ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक विरेन्द्र पासवानले भने–‘चेकजाँचकै क्रममा चार दिन यता ४ जना लागुऔषधसहित पक्राउ परेका छन् ।’

उनका अनुसार पछिल्लो पटक सुरुङ्गगा नगरपालिका–४ मधुपट्टीका १९ वर्षीय नितेसकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको छ । कालो प्लास्टिक झोला भित्र लागूऔषध राखेर पैदल यात्रा गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पासवानले बताए ।

चौधरीको झोलाबाट ४५ थान नाईट्राभेट ट्याब्लेट, १० एम्पुल डिजीक्लाब, १० एम्पुल नूफिन, १० एम्पुल फेनार्गन बरामद गरिएको छ । यसअघि गत शुक्रवार (कार्तिक १४ गते) पनि चेकजाँचकै क्रममा बोदे बर्साईन नगरपालिका–३ कुशमहारका ३१ वर्षीय नितेशकुमार मण्डल र सोही ठाउँका ३२ वर्षीय सियाराम मण्डलको साथबाट लागुऔषध बरामद भएको थियो ।

स ११ प ८२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडी सवार सियारामले बोकेको झोलाबाट ८९४ थान नाईट्राभेट ट्याब्लेट बरामद भएको थियो । शुक्रवारै बोदे बरसाईन नगरपालिका १० खडकपुरका औषधी व्यवसायी ३७ वर्षीय रंजितकुमार यादव पनि पक्राउ परेका छन् ।

यादवले नै नयाँ चौकमा सञ्चालन गरेको कुखुरा फारमबाट डाईलेक्स डिसी सिरप ३५ बोतल, नाईट्रोभेट ट्याब्लेट ७० वटा, नफीङ्ग इन्जेक्सन दुई वटा, डाईजेलप इन्जेक्सन सात वटा, स्पास्मो प्रोभोल ट्याब्लेट १४४ थान बरामद भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस