कोरोना महामारीलाई चुनौती ठानेर अवसर खोज्दै ‘आईडियल सहकारी संस्था लिमिटेड’ !

राजविराज, २२ कार्तिक । कोरोना महामारीका कारण विश्व समुदायकै जनजीवन अस्तव्यस्त छ । महामारी फैलिएसँगै रोकथाम तथा नियन्त्रण गर्न नेपाल लगायतका प्रभावित मुलुकहरु प्रयासमा जुटे । सोही क्रममा नेपाल सरकारले पनि गत चैत्र ११ गतेदेखि मुलुक नै बन्दाबन्दी (लकडाउन) आह्वान गरे ।

लामो समयसम्मको बन्दाबन्दीका कारण सवै क्षेत्रमा प्रभाव देखिएको छ । तीमध्ये आर्थिक क्षेत्र त झनै तहसनहस नै हुन पुगेको छ । तर, सप्तरीस्थित आईडियल सहकारी संस्था लिमिटेड राजविराजले भने कोरोना महामारीलाई चुनौती ठानेर अवसरको खोजी गर्दै अघि बढेको पाइएको छ ।

संस्थाको २१ औं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष गणेशकुमार आशद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा सो कुरा पाइएको हो । संस्थाले महामारीको बेला पनि चार महिना (चैत्रदेखि अषाढसम्म) को अवधिमा ३ करोड २० लाख ५१ हजार ६४९ रुपैयाँ मुनाफा हासिल गरेको छ ।

यसैगरी ०७६–०६७ मा संस्थाको शेयर पुंजीमा करिब १ करोड थप भएर कुल शेयर पुंजी ६ करोड ५ लाख १५ हजार २ सय पुगेको छ । कुल बचत संकलन ९४ करोड ३ लाख २५ हजार ६१७ रहेको संस्थाले सोही आर्थिक वर्षमा ७० करोड ८५ लाख ९९ हजार ४१ रुपैयाँ ऋण लगानी गरेर ६६ करोड ८६ लाख २६ हजार २९९ रुपैयाँ ऋण असुली गर्न सफल प्रतिवेदनमा उल्लेख छ ।

‘३२ जना कर्मचारीको लगनशीलता र त्यागको फलस्वरुप कोरोना कहरकाबीच पनि शत प्रतिशत दिन बैंकिङ कार्यलाई निरन्तरता दिन सफल रह्यो’ अध्यक्ष आश भन्छन्–‘चुनौती त छ नै, तर हामीले नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्ड पालना गर्न कत्तै पनि पछि परेनौं ।’

उनले संस्थामा आउने ग्राहकलाई निःशुल्क मास्क वितरण र स्यानिटाइजरको प्रयोग गर्न दिएर सेवा प्रदान गर्दै आएको बताए । यसकासाथै राजविराज बजार क्षेत्र र अस्पताल तथा हनुमाननगर बजार क्षेत्रमा पनि संस्थाबाट स्यानिटाइजर छर्केर सामाजिक दायित्व निर्वाह गर्ने प्रयास गरेको उनले बताए ।

आईडियल स्मार्ट एप

संस्थाले प्रदान गर्दै आएको सेवाहरुलाई निरन्तरता दिँदै यस आर्थिक वर्षबाट आईडियल स्मार्ट एप सेवा थपिएको जनाएको छ । जस अन्तर्गत मिस्ड कल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, जुनसुकै बैंक खातामा रकम ट्रान्सफर गर्ने सुविधा प्रदान गदै आएको छ ।

यसैगरी ई–सेवा वाइलेटमा लोड, एटीएम कार्यबाट भारतमा रकम झिक्न पाउने व्यवस्था भएको संस्थाका अध्यक्ष आशले प्रतिवेदनमार्फत जानकारी दिए ।

१४ करोड १९ लाख ६३ हजारभन्दा बढी आम्दानी

कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार संस्थाले गत वर्ष विभिन्न शिर्षकमा कुल १४ करोड १९ लाख ६३ हजार ३३१ रुपैयाँ आम्दानी गरेको छ ।

आम्दानीमध्ये कर्जाबाट व्याज आम्दानी १० करोड ७० लाख १३ हजार ८५० रुपैयाँ र अन्यबाट ३ करोड ४९ लाख ४९ हजार ४८१ रुपैयाँ आम्दानी गरेको छ । यसैगरी विभिन्न शिर्षकमा कुल १० करोड ८२ लाख २४ हजार ७५३ रुपैयाँ खर्च भएको छ ।

तलब, सफटवेयर, घर भाडा, कर्मचारी पोशाक, पत्रपत्रिका, पानी, विजुली, बैठक भत्ता, मर्मत, साधारणसभा लगायतका शिर्षकमा खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभामा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष मुरली प्रसाद यादव, सृजना फाइन्स राजविराज शाखाका प्रबन्धक रामकुमार यादव, तिलाठी कोइलाडी गाउँपालिकाकोतर्फबाट राजेश झा लगायतले शुभकामना दिए । संस्थाका सञ्चालक समिति सदस्य विजयानन्द झाले प्रतिवेदन प्रस्तुत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस