देशैभरिमा थपियो २ हजार ७ सय ५३ जना कोरोना संक्रमित

राजविराज, २२ कार्तिक । पछिल्लो २४ घण्टामा २ हजार ७ सय ५३ कोरोना संक्रमित थपिएको छ ।

देशभरिमा १० हजार ४ सय २३ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये एक हजार ७७ महिला र १६७६ पुरुष थपिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म १५ लाख २७ हजार ७ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये १ लाख ९१ हजार ६ सय ३६ जनामा कोरोना पोजिटिभ पाईएको छ ।

शुक्रवारसम्म १ लाख ५५ हजार १ सय १४ जना निको भएका छन् । हालसम्म कोरोनाबाट एक हजार ८७ जनाको मृत्यु भईसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस