शहिद प्रभु नारायण स्मृति ट्रसद्वारा टि–२० क्रिकेट प्रतियोगिताको आयोजना हुने

राजविराज, २२ कार्तिक । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा बजारस्थित तोपा खेल मैदानमा ‘शहिद प्रभु नारायण स्मृति टि–२० क्रिकेट प्रतियोगिता’को आयोजना हुने भएको छ ।

शहिद प्रभु नारायण स्मृति ट्रस तिलाठी कोइलाडी–८ तोपा बजारले ‘शहिद प्रभु नारायण स्मृति टि–२० क्रिकेट प्रतियोगिता’आयोजना गर्न लागेको हो ।

प्रतियोगिताको प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले आइतवार उद्घाटन गर्ने कार्यक्रम रहेको ट्रसका अध्यक्ष अवधेशकुमार झाले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा १६ वटा टिमलाई सहभागी गराइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस