अमेरिकी ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जाे बाइडेन निर्वाचित

जनकपुरधाम । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन्। निर्वाचित भएसगै बाइडेन अमेरिकाकाे ४६औं राष्ट्रपति बनेका हुन् ।

अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्। निर्वाचनतर्फ बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो ।

बाइडेनले २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नु पर्दछ । पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उनी उपराष्ट्रपति थिए ।

१९४२, नोभेम्बर २० का दिन जन्मिएका उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए।

Author:



क्याटोगरी छान्‍नुहोस