थप तीन जना सांसदद्वारा प्रदेश १ का मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव फिर्ता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव तीन जना सांसदले फिर्ता लिएका छन् ।

प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले सामूहिक रुपमा अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेशसभा सचिवालयमा निवेदन दिएका हुन् ।

गत पुस १२ गते राई नेतृत्वको प्रदेश १ सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षरकर्ता सांसदहरुमध्ये आफुहरुले हस्ताक्षर फिर्ता लिएको निवेदनमा उल्लेख छ । नेकपाकै सरकारविरुद्ध आफुहरु नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त नहुने उनीहरुले ठम्याएका छन् ।

यसअघि प्रदेशसभा सदस्यद्वय कला घले र वसन्तीदेवी यादवले अविश्वास प्रस्ताव फिर्ता लिएकी थिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस