प्रतिनिधि सभा विघटन विरुद्ध नेकपाद्वारा विरोध प्रदर्शन र सभा

राजविराज, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजविराज नगर संघर्ष समितिको आयोजनामा सोमबार विरोध प्रदर्शन सहित सभाको आयोजना गरेको छ ।

प्रतिनीधि सभा विघटन विरुद्ध नाराबाजी गर्दै स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको र्याली नगरको विभिन्न भाग परिक्रमा पश्चात शहीद दशन चौकमा पुगेर सभामा परिणत भएको थियो । राजविराज नगर संघर्ष समितिका संयोजक केदार देवको अध्यक्षता तथा नेकपाका नेता संविधान सभा सदस्य पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादवको प्रमुख आतिथ्यमा विरोध सभाको आयोजना गरिएको हो ।

विशेष अतिथि पार्टीको प्रदेश सदस्य महेश प्रसाद यादव, पार्टीको जिल्ला सदस्य प्रतापनारायण चौधरी, पार्टीको नगर संयोजक भन्नालाल यादव, मुस्लिम संगठन नेपालका केन्द्रीय सदस्य मो. गनी राजविराज ११ का वडा अध्यक्ष सञ्जय यादव राजविराज ६ का वडा अध्यक्ष प्रेमकुमार यादव, राजविराज ४ का वडा अध्यक्ष मो. अख्तर अलि, निर्माण ब्यवसायी संघका अध्यक्ष तथा जेसीजका पूर्व अध्यक्ष संजय कुमार दास, नगर संघर्ष समितिका सहसंयोजक भुपेन्द्र यादव, विद्यार्थी नेता रंजित ठाकुर, सुनिता चौधरी लगायतले सम्वोधन गरे ।

नगर संघर्ष समितिका सहसंयोजक गंगाराम खंगले स्वागत मन्तव्य तथा कार्यक्रम सञ्चालन राजविराज ८ का वडा अध्यक्ष जयनारायण मण्डलले गरे । कार्यक्रममा राजविराज नगरपालिकाका १६ ओटै वडाका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस