तराईका अधिकांश स्थानमा आज पनि बाक्लो हुस्सु

जनकपुर । न्युन चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली भएको छ । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको प्रभावले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ । आज राति प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस