राष्ट्रिय जनगणनाका लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

राजविराज । केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिवेक्षक पदमा दरखास्त आह्वान गरेको छ । करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो ।

विभागका अनुसार करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक भर्ना लिन लागेको छ । जसकालागि २०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने र अनलाइनको पहुँच नहुनेहरुकालागि चैत ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको छ ।

अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेबसाइट अन्तर्गतको सबडोमेन https://censushrms.cbs.gov.np/ मा गएर भर्न सकिनेछ ।

योग्यता के के चाहिन्छ ?

Author:



क्याटोगरी छान्‍नुहोस