सहायक नाम दर्ता अधिकारीको प्रशिक्षण कार्यक्रम सम्पन्न

मतदाता नामावलीलाई अद्ययावधिक र त्रुटि रहित बनाउन जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा आयोजित मतदाता नामावली अद्ययावधिक (दाबी विरोध समेत) कार्यक्रम २०७७ अन्तर्गत सहायक नाम दर्ता अधिकारीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्‍न १८ वटै स्थानिय निकायबाट सहायक नाम दर्ता अधिकारीका लागि सिफारिस भई कार्यक्रममा सहभागी भएका सहभागिहरुलाई प्रमुख नाम दर्ता अधिकारी रमेश कुमार जोशीले नियुक्ति, प्रशिक्षण, अनुसुचि एवं मार्गनिर्देशन दिदै मतदाता नामावली अद्ययावधिक (दावि विरोध) माघ १५ देखि २१ गते सम्म हुने भएकोले मतदाताहरुलाई मतदातानामावलीमा रहेको त्रृटि सच्याउन आफ्नो स्थानिय निकायमा तोकिएको सहायक नाम दर्ता अधिकारीलाई सम्पर्क गर्न अनुरोध समेत समेत गर्नु भयो ।

सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा सम्पन्‍न सो कार्यक्रममा अतिथिहरुमा नेपाल प्रहरीका एसपि राजेन्द्र धमला, सशस्त्र प्रहरी वलका एसपि राजु श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख नरेश बहादुर साह, कार्यक्रम संयोजकमा जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीको उपस्थिति रहेको थियो भने कार्यक्रमको उद्‍द्योषण कार्यलयका कम्प्यूटर अपरेटर उमेश यादवले गरेका थिए ।

 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780