नेपालले भारतबाट पाउने अनुदानमा वृद्धि

जनकपुर । भारतले नेपाललाई दिने वार्षिक अनुदानमा अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि गरेको छ ।

सोमबार वित्त मन्त्री निर्मला सीतामरणले आर्थिक वर्ष २०२१/२२ का लागि सार्वजनिक गरेको केन्द्रीय बजेटअनुसार नेपालले पाउने वार्षिक अनुदानमा अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब १२ करोड भारु (१ अर्ब ८९ करोड रुपैयाँ)ले वृद्धि भएको हो ।

यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) प्राप्त गर्ने भारतीय वित्त मन्त्रालयले जनाएको छ । यसअघि भारतले आव २०२०/२१ को बजेटमा भने नेपालले पाउने अनुदानमा भारी कटौती गरेको थियो । आव २०१९/२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड थियो ।

कुन देशलाई कति अनुदान (भारुमा)
भुटान : ३० अर्ब चार करोड
नेपाल : ९ अर्ब ९२ करोड
म्यानमार : ४ अर्ब
अफगानिस्तान : ३ अर्ब ५० करोड
माल्दिभ्स : २ अर्ब ५० करोड
बंगलादेश : २ अर्ब
श्रीलंका : २ अर्ब

Author:



क्याटोगरी छान्‍नुहोस