प्रहरी निरीक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित (नामावलीसहित)

जनकपुरधाम, ११ फागुन । नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा लोक सेवा आयोगद्वारा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । आयोगले सूचना जारी गर्दै परीक्षा नतिजा सार्वजनिक गरेको हो ।

गत मङ्सिर २८, २९ र ३० गते सञ्चालन भएको परीक्षामा १ हजार ९१८ जना सहभागी भएका थिए । जसमध्ये दुई सय १३ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण परीक्षार्थीहरुलाई बाँकी कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क गर्न आयोगले आग्रह गरेको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस