प्रदेश स्तरीय लोककला कार्यशाला

काठमाडौं । काठमाडौंमा लोक चित्रकलासम्बन्धी प्रदेश स्तरीय कार्यशाला आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लोककला विभागले दुई दिवसीय कार्यशाला आयोजना गरेको हो । विभागकी अध्यक्ष मिथिला देवीको नेतृत्वमा आयोजना गरिएको प्रदेशस्तरीय कार्यशाला सोमवार सम्पन्न भएको छ ।

प्रतिष्ठानका कुलपति केके कर्माचार्यद्वारा उद्घाटन गरिएको कार्यशालामा एसी सुमन, सञ्जय बान्तवा, एबी गुरुङ, रञ्जु यादव, मेरिना चित्रकार, पेवा वाङ्वो लामा, रुबी कुमारी कर्ण, रजनी सिंख्वाल, रामवती चौधरी, डिबी राई, किरण सिंगु लिम्बु र गीता ठाकुर सहभागी थिए ।

ती १२ जना कलाकारले मिथिला, नेवार, थारु, राई, लिम्बु, तामाङ र गुरुङ समुदायका लोक चित्र क्यान्भासमा उतारेका थिए । समापन समारोहमा प्रतिष्ठानका उपकुलपति केके कर्माचार्यले सहभागी चित्रकारहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस