दक्षिण अफ्रिकाकालागि नेपाली राजदूतमा डा.विश्वकर्मा नियुक्त

जनकपुरधाम । दक्षिण अफ्रिकाकालागि नेपाली राजदूतमा डा.निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफरिसमा मंगलबार डा.विश्वकर्मालाई राजदूत नियुक्त गरेकी छन् ।

संविधानको धारा २८२ बमोजिम डा.विश्वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस