निर्वाचन लक्षित सुरक्षा व्यवस्था मजबुत बनाउन प्रधानमन्त्रीको निर्देशन

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिएका छन् । आज बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी प्रधानमन्त्रीले सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिएका हुन् ।

बैठकमा बैठकमा प्रधानमन्त्रीले प्रतिबन्धित विप्लव समूहको गतिविधिका बारेमा पनि जानकारी लिएको थिए । सरकारले दुई वर्षअघि राजनीतिक गतिविधि गर्न बन्देज गर्दै प्रतिबन्ध लगाएको विप्लव समूहसँगको वार्ता, प्रतिबन्ध फुकुवा र आगामी रणनीति तथा वर्तमान समसामयीय राजनीतिक अवस्थाका विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापासमेत सहभागी थिए । समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ । यसअघि सुरक्षा परिषदको बैठक गत कात्तिक ५ गते बसेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस