प्रदेश प्रमुख झाद्वारा सडक दुर्घटनाका घाइतेहरुको उद्धार

जनकपुरधाम, ११ फागुन । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले दुर्घटनामा परेर घाइते भएकालाई उद्धार गरेका छन् । उनी बाराको जीतपुरतर्फ जादै गर्दा राजमार्गमा दुर्घटनामा परेर घाईते भएका चार जनालाई उद्धार गरेका हुन् ।

नीजगढ–चन्द्रनिगाहपुर सडक खण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरु घाइते भएर सडकमै छटपटाइ रहेका थिए । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका झाले चारै जनालाई उद्धार गरी चन्द्रनिगाहपुरस्थित अस्पताल पठाएका हुन् ।

ना ५६ प ७३६५ र बिआर ३०जे ९३९७ नम्वरको मोटरसाइकलमा परेको हो । दुर्घटनामा सुरज पहरी, जित बहादुर पहरी, बिकाश यादव र चित्ररेखा यादव घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस