सप्तरीमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई महिला पक्राउ

राजविराज, ११ फागुन । सप्तरीमा दुई जना महिलालाई स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ गरिएको छ । मंगलवार दिउँसो बीओपी तिलाठीबाट गस्तीमा खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा दुवैको साथबाट १० लाख रुपैयाँ बरामद भएको हो ।

छिन्नमस्ता गाउँपालिका–५ की ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दासको साथबाट १० लाख रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले बताए ।

उक्त रकमको स्रोत खुलाउन नसकेका कारण दुवै जनालाई नियन्त्रणमा लिइएको उनले बताए । दुवै जना महिलालाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस