भारतमा ५६ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

जनकपुरधाम । भारतमा थप ५६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । वल्डोमिटर्सका अनुसार ५६ हजार ११९ जनामा संक्रमण देखिएको हो । यो संख्या सोमबारको तुलनामा करिव १२ हजारले कम हो । सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ३२९ पुगेको छ । हालसम्म भारतमा १ करोड १३ लाख ९० हजार ८२९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ४२ हजार ३५३ छ ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २६६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६२ हजार १४७ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस