राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो (आवेदन दिने प्रक्रियासहित)

जनकपुरधाम । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदको लागि दरखास्त आह्वान गरेको छ ।

गत आइतवार बसेको छनोट समितिको बैठकबाट रिक्त पदपूर्तिको लागि समावेशी सिद्धान्त अनुरुप खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिको लागि विज्ञापनको सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।

अनुसन्धान अधिकृततर्फ ११ जना खुल्ला, ४ जना आदिवाी जनजाति, ३ जना मधेशी, २ महिला र १ दलित गरि २१ जना माग गरिएको छ ।

यसैगरी अनुसन्धान सहायकतर्फ १८ खुल्ला, ६ आदिवासी जनजाति, ४ मधेशी, २ महिला र २ दलित गरी ३२ जना माग गरिएको छ भने सहायक सूचकतर्फ २८ खुल्ला, ८ आदिवासी जनजाति, ७ मधेशी, ४ महिला, ३ दलित र एक जना पिछडिएको क्षेत्र गरी ५१ जनाको माग गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस