प्रदेश २ : २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, २७ चैत । प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमितको संख्यामा वृद्धि भएको छ ।

पछिल्लो दुई–तीन दिनदेखि १० जनाभन्दा कममा संक्रमण भेटिन्थ्यो । तर पछिल्लो २४ घण्टामा १२ जनामा संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवले जानकारी दिए ।

उनकाअनुसार धनुषाका १, महोतरीका २, बाराका ८ र पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना महिला र १० जना पुरुष छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस