कोरोना बढेपछि दिल्लीका सबै विद्यालय बन्द

भारतको राजधानी नयाँदिल्लीमा अर्को सूचना जारी नभएसम्मका लागि विद्यालयहरू बन्द गरिएका छन्।

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले शुक्रबार सबै तहका विद्यालय बन्द गर्ने निर्णय गरेको मुख्यमन्त्री अरबिन्द केजरीवालले जानकारी दिएका छन्।

भारतमा पछिल्लो समय एकैदिनमा १ लाख ३१ हजार मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

संक्रमण बढेको बढ्यै भएपछि महाराष्ट्र, दिल्ली, मध्यप्रदेशजस्ता राज्यहरूले विभिन्न प्रतिबन्धहरू लगाएका छन्।

नेपालमा पनि कोरोनाको संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780