विराटनगरमा फेरि बढ्यो कोरोना संक्रमित थपिने क्रम

विराटनगर ।‌ प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमित बढ्न थालेका छन् ।
शुक्रबार विराटनगरमा १३ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशभर कूल २० संक्रमितम थपिएका हुन् । तीमध्ये पांच जना झापाका छन् ।

विहीबार विराटनगर- १० का ११ जनामा एकैपटक संक्रमण देखिएको थियो ।

सामाजिक विकास मन्त्रालयले जनाए अनुसार प्रदेश राजधानीमा केही दिनयता संक्रमित थपिने क्रम शुरु भएको छ । विराटनगर महानगरपालिकाले संक्रमण बढ्न थालेकोले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भारतमा समेत संक्रमित थपिंदा नेपालमा सीमावर्ती क्षेत्रमा समेत थप खतरा भएकोले सचेत हुन आह्वान गरे । शुक्रबार प्रदेश १ मा कूल ३० हजार ४१७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २९ हजार ८५६ जना निको भएका छन् । ४६६ संक्रमितको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस