मिथिलाञ्चलमा चैते छठको रौनक, आज नहाखाए

राजविराज, ३ वैशाख । मिथिलाञ्चलमा महापर्वको रुपमा मनाइने छठको अर्को रुप चैते छठ आजबाट सुरु भएको छ । चार दिवशीय मनाइने छठ पर्व अन्तर्गत आज नहाखाए (नुहाएर खाने)बाट सुरु भएइको हो ।

मुख्य छठ पर्व कार्तिक महिनामा मनाउने गरिए पनि त्यसकै अर्को रुप चैत महिनामा समेत मनाइने परम्परा रहेको अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झाले बताइन् ।

चैते छठ मनाउन श्रद्धालुहरुले बिहानैदेखि पोखरी, नदी लगायतका जलासयहरुमा पुजाका सामग्री सहित श्रद्धालुहरु पुगेका छन् । धार्मिक आस्थाका साथै छोरा, नाती र पतिको दीर्घायुको कामनासहित चैते छठ मनाउने गरेको व्रतालुहरुको भनाई छ ।

यसैगरी छठ व्रत बस्दा सन्तान प्राप्ति हुने र चर्मरोग निको हुने जनविश्वास छ । श्रद्धा र निष्ठाका साथ मनाइने चार दिवसीय छठ अन्तर्गत शनिवार खरना, आइतवार अस्ताउँदो सुर्यलाई अर्घदान र सोमवार विहान अन्तिम दिन उदाउँदै गरेको सूर्यको पहिलो किरणलाई अर्घ दिर्नेछन् । सोपछि पर्व समाप्त भएको परम्परा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस