प्रदेश २ को नाम र स्थायी राजधानीका लागि प्रस्ताव आह्वान

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान गरेको छ । प्रदेशसभाले सूचना जारी गर्दै प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान गरेको हो ।

‘नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नामकरण प्रदेश सभको दुई तिहाई बहुमतबाट हुने भएकोले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम ७३ (ख)को उपनियम (२) बमोजिम प्रदेशको नामकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न चाहनु हुने प्रदेश सभा सदस्यले सोही नियमावलीको अनुसूची ३ (ख) बमोजिम वैशाख ९ गते दिनको ३ बजेसम्म दर्ता गराउन यो सूचना प्रकाशन गरिएको छ’ सूचनामा भनिएको छ ।

यसैगरी स्थायी राजधानीतर्फ पनि नेपाल संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशको राजधानी प्रदेश सभामा तत्काल कायम रहेको दुई तिहाई बहुमतबाट हुने भएकोले प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम ७३ (क) को उपनियम (२) बमोजिम प्रदेशको राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न प्रदेश सभा सदस्यामा आह्वान गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस