सरकारलाई संसदीय समितिको निर्देशन : विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट पढाउनू

जनकपुरधाम  । संसदीय समितिले कोरोनाको जोखिमलाई कम गर्नको लागि तत्काल विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकले विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भैसक्दा पनि अहिलेसम्म विद्यालय बन्द नहुँदा जोखिम बढेको निष्कर्ष निकालेको हो ।

समितिले शिक्षण सिकाइका वैकल्पिक माध्यममार्फत पठनपाठन गर्न गराउन पनि निर्देशन दिएको छ । समितिले स्वास्थ्य मन्त्रालयको विज्ञप्ती तथा विज्ञहरुको सुझावलाई ध्यानमा राखेर अत्याधिक जोखिमको वर्गमा रहेका बालबालिका तथा युवाको जीवन रक्षाका लागि भौतिक पठनपाठन बन्द गर्न आग्रह गरेको छ ।

निर्देशनमा स्वास्थ्य मन्त्रालयको सुझाव र स्वास्थयका मापदण्ड हरेक नेपालीहरुले पालना गर्न जरुरी भएकाले यसमा कडाइ गर्न जरुरी रहेको उल्लेख गरिएको छ ।

समितिको छलफलमा समिति सदस्य रमेशजंग रायमाझीले प्याब्सन र एन–प्याब्सनहरुको आर्थिक चलखेलमा शिक्षा मन्त्रालय लागेको आरोप लगाए । ललितपुरस्थित डीएभी स्कुलले विद्यार्थीमा कोरोना संक्रमण पुष्टि हुँदा पनि विद्यालय संचालन गरेर जोखिम बढाएको उल्लेख गरे ।

समितिका अर्का सदस्य दीनानाथ शर्माले भारतमा कोभिड–१९ संक्रमणको अवस्था भयावह स्थितीमा रहेकाले नेपालले स्वास्थ्य सजगता अपनाउनुपर्ने धारणा राखे ।

Author:



क्याटोगरी छान्‍नुहोस