प्रदेश २ मा थप ११८ जनालाई कोरोना संक्रमण, ४ जनाको मृत्यु

जनकपुरधाम । प्रदेश २ मा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल सप्तरी, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए।

मंगलबार पर्सामा ६५, धनुषामा १८, सप्तरीमा १५, बारामा १२, महोत्तरीमा ४, सिरहामा ३ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यससँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय १७ पुगेको छ भने कुल संक्रमितको संख्या १८ हजार ६ सय ३९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा ४ जनाको मृत्यु भएको छ। यससँगै प्रदेशमा मृत्यु हुनेको संख्या २ सय २२ पुगेको छ। पर्सामा सबैभन्दा बढी ६१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

त्यस्तै सप्तरीमा ४१, सिरहामा २६, धनुषामा २५, बारामा २५, महोत्तरीमा १८, सर्लाहीमा १५, रौतहटमा १० र एकजना भारतीय नागरिकको मृत्यु भएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780