वीरगन्जमा कोरोनाले एकै दिन चार जनाको मृत्यु

वीरगन्ज । वीरगन्जमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले मङ्गलवार बेलुकी थप एक जनाको मृत्यु भएको छ। योसंगै वीरगन्जमा मङगलवार मात्रै कोरोनाले मृत्यु हुनेको संख्या चार पुगेको छ।

वीरगन्जको नारायणी अस्पतालमा उपचाररत पर्साको पोखरीया नगरपालिका-२ का ७२ वर्षीय वृद्धको मङ्गलवार साँझ साढे ७ बजे मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या आएपछि वृद्धलाई सोमबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो। सोमबार नै उनको स्वाब संकलन गरेर एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै वृद्धको साँझ मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोज रोशन दासले जानकारी दिए।

योसँगै वीरगन्जको नारायणी अस्पतालमै मङगलबार मात्र कोरोनाले मृत्यु हुनेको संख्या ४ पुगेको डाक्टर दासले जानकारी दिए।

मंगलबार नै वीरगन्जको नारायणी अस्पतालमा उपचाररत बाराको परवानीपुरका ४५ वर्षीय  संक्रमित पुरुष, वीरगन्ज महानगरपालिका २५ सिर्सियाकी ६५ वर्षीया संक्रमित महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ की ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो।

वीरगन्जमा मङगलवार र सोमबार गरेर कोरोनाले ७ जनाको मृत्यु भएको छ। सोमबार पनि वीरगन्जमा ३ जना संक्रमतिको मृत्यु भएको थियो। कोरोनाको दोश्रो लहर सुरु भएयता कोरोना संक्रमणका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

वीरगन्जको नारायणी अस्पतालमा १४, नारायणी बयोधा अस्पतालमा ३ र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो। मृतक १८ जनामध्ये पर्साका १३, बाराका ४ र सर्लाहीका १ जना हुन्।

वीरगन्जको नारायणी अस्पतालमा अहिले पनि ५४ जना संक्रमितको उपचार भइराखेको छ। सबैको अवस्था जटिल रहेकाले अक्सिजन लगाएर राखिएको डाक्टर दासले बताए। पाँच जनाको अवस्था जटिल रहेको बताइएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780