आजदेखि ‘ट्रान्जिट’ उडान बन्द

जनकपुरधाम, १५ वैशाख । अध्यागमन विभागले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ नयाँ भेरिएन्टको बढ्दो जोखिमलाई मध्यनगर गर्दै नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको छ ।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र यसैलाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रामा आजदेखि रोक लगाएको हो ।

नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र विदेश जानेहरूका लागि साबिक बमोजिम नै नियमित रहने निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस