सप्तरीमा आफ्नै छोरीको हत्या गर्ने बुवालाई जन्मकैद

राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका एक व्यक्तिलाई जन्मकैदको सजाय भएको छ ।

आफ्नै छोरीको हत्या गरेको अभियोगमा ४५ वर्षीय तुरन्तलाल बडहीलाई मंगलबार सप्तरी जिल्ला अदालतले जन्मकैद सजायको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको इजलाशले बडहीलाई जन्मकैदको सजाय भएको छ भने फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा मुद्दा मुल्तबीमा राख्ने फैसला भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

प्रेम विवाह गर्न चाहेकी छोरीको हत्या

प्रहरीका अनुसार १६ वर्षीया सरीताकुमारी बडहीले भारतमा दिदीका देवरसँग प्रेम गर्थिन् । तर घरपरिवारलाई भने त्यो स्वीकार्य थिएन् । यद्यपी, सरीताले प्रेमीसँगै विवाह गर्ने अडानमा थिइन् ।

आवेगमा आएका बुवाआमाले सरीतालाई कुटपिट गरे । सोही क्रममा ०७५ माघ १४ गते सरीताको मृत्यु भएको थियो । मृतकको शरीरमा चोटपटक निलडाम समेत लागेको अवस्थामा घरमा भेटिएपछि ईलाका प्रहरी कार्यालय कडरबोनाको प्रहरी टोलीले दोस्रो दिन नै तुरन्तलाललाई पक्राउ गरे ।

०७५ फागुन ११ गते जिल्ला अदालतकै आदेशले तुरन्तलाल पुर्पक्षका लागि राजविराज कारागारमा राखेर ईलाका प्रहरी कार्यालय कडरबोनाले थप अनुसन्धान थालेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस