हत्या आशंकामा एक व्यक्ति पक्राउ, मृतकको अझै पहिचान खुल्न सकेन

इटहरी, २४ वैशाख । सुनसरीको. इटहरीमा सडक आश्रित युवाको हत्या गरेको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । हिजो इटहरी–६ स्थित टेङ्ग्रा खोलाको किनारमा सडक आश्रित अन्दाजी २६÷२७ उमेरको एक व्यक्तिको शव फेला परेको थियो ।

हतियार तथा भारी बस्तुले अनुहार र टाउकोमा प्रहार गरी हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको हो । सोही क्रममा एक जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए । यद्यपी, प्रहरीले पक्राउ परेका व्यक्तिको नाम खुलाएको छैन् ।

ती युवकले मादक पदार्थ सेवन गरेको विषयमा मृतक र आफूबिच विवाद भएको र हात हालाहाल हुँदा टाउकोमा ईटा प्रहार गरी मारेको विषय पनि स्विकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ ।

यता, मृतकको अझै पहिचान हुन सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनिः

इहटरीमा बेवारिसे अवस्थामा भेटियो पुरुषको शव, हत्याको आशंका

 

 

Author:



क्याटोगरी छान्‍नुहोस