सप्तरीमा आजबाट बैंक तथा वित्तिय संस्थाहरु बन्द, अत्यावश्यक परे यसरी सेवा लिने

राजविराज, ६ जेठ । सप्तरीका बैंक तथा वित्तिय संस्थाहरु आजबाट एक साता बन्द भएको छ । कोभिड–१९ को संक्रमण रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार बैंक तथा वित्तिय संस्थाहरु बन्द भएको हो ।

यद्यपी, बन्द अवधिमा औषधी उपचार, स्वास्थ्य सामग्री, काजक्रिया लगायतका अत्यावश्यक कामका लागि सेवा दिन बैंक तथा वित्तिय संस्थाहरुले सम्पर्क व्यक्ति र नम्बर तोकेका छन् । बैंक तथा वित्तिय संस्थाहरुले सूचना जारी गर्दै अत्यावश्यक सेवाकालागि सो व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेका हन् ।

गत मंगलबार प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘जस जिल्ला स्थित सञ्चालित सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुले अत्यावश्यक (औषधी उपचार, स्वास्थ्य सामग्री र काजक्रिया आदी) बाहेक अन्य बैंकिङ्ग सेवाहरु मिति २०७८÷०२÷०६ गतेदेखि जेठ १२ गतेसम्म बन्द गर्ने र बैंक तथा वित्तिय संस्थाले सम्पर्क व्यक्ति र सम्पर्क नम्बर सम्बन्धी सूचना जारी गर्नु हुन आदेशानुसार अनुरोध छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस