राष्ट्रपतिको कदमप्रति माओवादीको टिप्पणी : मध्यरातमा डकैती गरियो

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रधानमन्त्रीका लागि दुवै पक्षले गरेका दावीलाई अस्वीकृत गर्ने राष्ट्रपतिको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका छन् ।

‘मध्यरातमा डकैती गरियो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।’

संविधानको धारा ७६(५) बमोजिम केपी शर्मा ओली र शेरबाहादुर देउवाले गरेको दावीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकृत गरेकी छिन् । राष्ट्रपतिको उक्त निर्णय सँगै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

सम्भवतः मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको सिफारिस हुने छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780