सप्तरीमा एकै दिन ७६ जना कोरोना संक्रमित निको भए

राजविराज, ११ जेठ । सप्तरीमा आज (मंगलबार) ७६ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालयले दैनिक सार्वजनिक गर्दै आएको तथ्यांकअनुसार आज एकै दिन ७६ जना कोरोना संक्रमित निको भएका हुन् ।

सप्तरीमा कोरोनाको दोस्रो लहर (वैशाख ३ गतेपछि) सुरु भएसँगै आजसम्म २६७ पुगेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । दोस्रो लहरमा हालसम्म सप्तरीमा १ हजार ५२८ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये हालसम्म ५८ जनाको मृत्यु भइसकेको छ भने हाल १ हजार २०३ जना सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

यो पनिः

सप्तरीमा थप छ जना कोरोना संक्रमितको मृत्यु

Author:



क्याटोगरी छान्‍नुहोस