प्रदेश २ : जसपा नेतृत्वको सरकारमा काँग्रेसको इन्ट्री, ३ मन्त्रीले लिए शपथ

जनकपुरधाम । प्रदेश २ को मन्त्रिपरिषद् विस्तार भएका छ । सत्तारूढ जसपाले नेपाली कांग्रेसलाई तीन मन्त्रालय दिएर सरकारमा सहभागी गराएको हो ।

कांग्रेसका तर्फबाट रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा बिकास र बिरेन्द्र सिंह महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रीको सपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ ले पद तथा गोपनीयताको सपथ गराए ।

सपथ ग्रहणका क्रममा प्रदेश प्रमुख झाले ‘ईश्वर’ को नाममा भनेको ठाउँमा मन्त्रीहरूले ‘जनता’ उच्चारण गरेका थिए ।

नवनियुक्त मन्त्री यादव कांग्रेस कांग्रेस संसदीय दलका नेता हुन् । धनुषाबाट प्रत्यक्ष निर्वाचित उनी कांग्रेसबाट नेतृत्व गरी सरकारमा सहभागी भएका छन् । पर्सा घर भएका शर्मा समानुपातिक र सिंह सर्लाही ४ ‘क’बाट निर्वाचित सांसद हुन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएपछि उनी  निकट मंत्री जितेन्द्र सोनल   र  तीन राज्यमंत्रीलाई बर्खास्त गरी मुख्यमंत्री लालबाबु राउतले कांग्रेसलाई सरकारमा सहभागी गराएको छ ।

माओवादीलाई पनि सरकारमा सहभागी गराउने छलफल जारी राखेको प्रदेशका आन्तरिक मामिला तथा कानून मंत्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

माओवादीले दुई मन्त्रालय मागेको तर सरकारले एउटा मन्त्रालय मात्र दिने भनेपछि सहमती नबनेको स्रोतले जनायो । माओवादीलाई २/४ दिन समय लागेपनि सरकारमा सहभागी गराउने बुझिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780