प्रदेश २ सरकारले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै

जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज (बिहीबार) प्रस्तुत गर्दै छन् ।

प्रदेश प्रमुख डा राजेश ‘अहिराज’ले दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । सभामुख सरोजकुमार यादवले बुधबार प्रदेशसभा बैठकमा सो जानकारी दिएका छन् । आगामी आर्थिक वर्षको बजेट ल्याउनुपूर्व सरकारको नीति तथा कार्यक्रम ल्याउने कानुनी प्रावधान रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस