सर्लाहीका एम्बुलेन्स चालकलाई पिपिई सेटसहित स्वास्थ्य सामग्री प्रदान

सर्लाही । सर्लाहीका कारण ४० जना एम्बुलेन्स चालकलाई पिपिई सेटसहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । कोरोना महामारीको संक्रमणबाट जोखिमबाट बचेर मानवीय सेवामा कार्य गर्न उनीहरुलाई पिपिई सेटसहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

सोमवार २४ जना एम्बुलेन्स चालकलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको छ भने बाँकी १६ वटा एम्बुलेन्स चालकलाई पनि एक/दुई दिनमै स्वास्थ्य सामग्री उपलब्ध गराइने भोरका कोषाध्यक्ष उमेश कुमार साहले जानकारी दिए ।

उनका अनुसार पिपिई सेट १ थान, फेस शिल्ड १ थान, सर्जिकल मास्क ५० पिस, सेनिटाइजर १ बोतल, ग्लोबस १० पिससहितका स्वास्थ्य सुरक्षा सामाग्री एम्बुलेन्स चालकलाई प्रदान गरिएको हो । सानो पाइलालाई एचएलई नेपाल प्रालिले सहयोग गरेको ६० पिपिई सेटमा भोरको तर्फबाट सर्जिकल मास्क ५० पिस, सेनिटाइजर १ बोतल, ह्यान्डस ग्लोबस १० पिस थपेर सम्पूर्ण स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्न लागिएको सानो पाइलाका संचालन प्रमुख जय साहले बताए ।

वीरगंज स्थित सानो पाइला संस्थाको सहयोगमा र भोर, अनुसन्धानमुलक परोपकारी संस्थाको पहलमा ४० एम्बुलेन्स चालकलाई सो स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्न लागिएको भोरका अध्यक्ष पचुलाल माझीले जनाए ।

Author:



क्याटोगरी छान्‍नुहोस