‘प्रदेश प्रमुख नवप्रवर्द्धन कृषि कार्यक्रम’का लागि ५ करोड ७२ लाख

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षमा ‘प्रदेश प्रमुख नवप्रवर्द्धन कृषि कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

‘मेरो कृषि, मेरो पौरख’ नाराका साथ ‘प्रदेश प्रमुख नवप्रवर्द्धन कृषि कार्यक्रम’ सञ्चालन गर्न लागिएको आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सो बारे जानकारी दिएका हुन् ।

सो कार्यक्रमका लागि ५ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अर्थ मन्त्री लिम्बूले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस