प्रदेश-२ मा काेभिड नियन्त्रणका लागि २० कराेड विनियाेजन

जनकपुरधाम । आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २० करोड बजेट छुट्याएको जानकारी दिएका छन् ।

यादवले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले कोरोनाको रोकथाम, औषधी र खोपका लागि बजेट अभाव नहुने पनि बताए । सबै अस्पतालमा उपचारको व्यवस्था गरिने उल्लेख गर्दै यादवले अक्सिजन प्लान्ट र सिलिन्डर खरिदलाई बजेट व्यवस्था गरेको जानकारी दिए ।

प्रदेशका अस्पतालहरूमा मृगौला बिरामीहरूको बढ्दो चापलाई दृष्टिगत गर्दै ३५ वटा डायलासिस मेसिन खरिद गर्नका लागि १२ करोड विनियोजन गरिएको बताएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780