ठाकुरलाई लक्षित गर्दै डा.भट्टराईको ट्वीटः ‘८० वर्षे नेताले समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु’

जनकपुरधाम, ७ असार । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा आफ्नो हस्ताक्षर दुरुयोग भएको भन्दै आपत्ति जनाएका छन् । गए राति उनले ट्वीट गर्दै पार्टी अध्यक्ष महन्थ ठाकुरलाई लक्षित गर्दै आफ्नो हस्ताक्षर दुरुपयोग गरि निर्वाचन आयोगमा बुझाएको भन्दै आपत्ति जनाएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले लेखेका छन्, ‘स्वच्छ छवीका मानिएका ८० बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु !’

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली प्रति कटाक्ष गर्दै डा. भट्टराईले मुहान फोहोर भएपछि तल सफा नहुने समेत टिप्पणी गरे । ‘ओली–विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन ।’ डा.भट्टराईले अघि भनेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस