आज कोशी सहित यी नदीमा बढ्नेछ बहाव

जनकपुरधाम । आज कमला, वाग्मती, बबई र यसका सहायक नदीमा पानीको बहाव केही बढ्नेछ । सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ ।

आज बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार बिहान जारी गरेको बाढी पूर्वामानुमान बुलेटिनमा आज कन्काई, पश्चिम राप्तीलगायतमा बहाव सामान्य रहने जनाइएको छ ।

आज इलाम, झापा, बारा, पर्सा, रौतहट, सर्लाही, रसुवा, सिन्धुपाल्चोक, दोलखा, काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुली, परासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, कैलाली, बैतडी, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पुर्वानुमान छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780