पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

जनकपुरधाम, १० असार । नेपालमा फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले गएराति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ ।

पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको हो । २ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुगेको छ ।

यसैगरी डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ कायम भएको छ । हवाई इन्धनतर्फ अन्तर्राष्ट्रिय उडानको मूल्य प्रति प्रतिलिटर २० अमेरिकी डलर र आन्तरिक उडानको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस